माघ १८, २०७९ बुधबार

१८ माघ काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानको समस्या सम्बोधन नगरेर सरकारले झुलाइरहेको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद् थापाले सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सयौंको संख्यामा साना किसान कृषि मन्त्रालय पुगेका छन्। सानासाना किसानले बैंकबाट ऋण ल्याए। सरकारकै निर्णयबाट वर्डफ्लुले कुखुरा नष्ट भयो। नियमअनुसार उनीहरूले ५८ करोड क्षतिपुर्ति दिनुपर्ने अहिलेसम्म दिएको छैन।’