१८ माघ काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारिएको छ।
आज बिहानका लागि बोलाइएको बैठकको तयारी पुरा नभएकाले भोलिका लागि सारिएको महासचिव देव गुरुङले जानकारी दिएका छन्।
स्थायी कमिटीको बैठकको तयारी नपुगेको र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताको कारण बैठक सारिएको हो।
यस्तै आज बस्ने भनिएको पदाधिकारी बैठक पनि नबस्ने भएको छ।