माघ १६, २०७९ सोमबार

१६ माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आजै संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले भेटवार्ता गरेकी छन्। 

दुई दिनका लागि आइतबार काठमाडौं अवतरण गरेकी नुल्यान्डले आजदेखी भेटवार्ता सुरु गरेकी हुन्।  प्रधानमन्त्रीसँगको भेटमा साझेदारीको बृहत् एजेन्डामा छलफल भएको जनाइएको छ।

नुल्यान्डले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।