माघ १५, २०७९ आइतबार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबिस घण्टामा छ सय तिरपन्न जनाको नमूना परीक्षण गरिएको थियो । ३ सय २६ जनाको पीसीआर र ३२७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर १८ जना सक्रिय संक्रमित रहेका छन् ।