काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय हो ।
नेकपा माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी सकिएको छ ।
माघ १२ गतेबाट सुरु भएको बैठक आज शुक्रबार १३ गते बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको स्थायी समिति सदस्य विश्वनाथ साहले जानकारी दिए ।
निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।