माघ ९, २०७९ सोमबार

विराटनगर: नेपाली कांग्रेसको  प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राई प्रमुख सचेतकमा चयन भएका छन्। खोटाङ प्रदेशसभा ख बाट  निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधानबमोजिम  प्रमुख सचेतक नियुक्त गरेको हो।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम  राईलाई  सचेतक चयन गरेको नेपाली कांग्रेस प्रदेशसभा संसदीय  दलको कार्यलयको पत्रमा उल्लेख छ।

कांग्रेस प्रदेश १ का महामन्त्रीसमेतसमेत हुन्। प्रदेश १ मा कांग्रेसका २९ सांसद छन्।