माघ ९, २०७९ सोमबार

अर्घाखाँचीमा संचालन हुन लागेको पाँचौं अर्घाखाँची महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्क आउँने कार्यक्रम तय भएको छ ।

यहि माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल आउन लाग्नुभएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएको हो । सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन मार्फत उहाँले यस्तो जानकारी दिनुभएको हो । सोही महोत्सवमा करिब ४ सय स्टल राखिने भएको छ । जसको तयारीको काम तीब्रताका साथ अघि बढेको बताउनुभयो ।

महोसत्व सम्पन्न गर्नका लागि २३ वटा विभिन्न समिति गठन गरिएको चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

यस पटकको महोत्सवलाई व्यापार व्यवसायको प्रवर्द्धनसँगै कला संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । जिल्लाको संस्कृति, वेशभूषा र परम्पराको संरक्षण गर्दै महोत्सको वउद्घाटनको दिन विभिन्न झाँकी समेत समावेश गरिने भएको छ । प्रधानमन्त्री दाहाल आउने भएपछि सुरक्षा व्यवस्थापनको समेत तयारीमा जुटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो।