काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रकृया सुरु भएको छ ।
सभामुखको निर्वाचनमा दुई जनाले उम्मेदवारी दिनु भएको छ ।
सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा भइरहेको छ ।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने हुनुहन्छ भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहनुभएको छ ।
२ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ ।
सातदलीय सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका एमालेका घिमिरेको पक्षमा स्पष्ट बहुमत छ । उनलाई एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ ९ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले मतदान गर्न नपाउने०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४ जना र स्वतन्त्र २ गरी १६६ जनाको समर्थन रहेको देखिन्छ ।
यस्तै, विपक्षी दलहरूको समर्थनमा उम्मेदवार बनेकी कांग्रेसकी न्यौपानेको पक्षमा कमजोर गणित देखिन्छ ।