काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताउनु भएको हो।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको उहाँले बताउनु भयो ।
यद्यपि नागरिक उन्मुक्ति पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने जनाएको छ ।