काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बाध्य भएर समर्थन गर्नुपरेको बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखकी उम्मेदवार न्यौपानेको समर्थनमा बोल्दै उहाँले भन्नुभयो, ‘छातीमा मुड्कीले हानेर भए पनि ईश्वरीलाई समर्थन गर्नुपर्ने बाध्यता आइलाग्यो ।’
अध्यक्ष केसीले अहिलेको संसद्को दृश्य निकै डरलाग्दो देखिएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका गृह मन्त्री रवि लामिछाने र सहरी विकास मन्त्री विक्रम पाण्डेप्रति इङ्गित गर्दै उहाँहरूको योग्यता के हो भनेर प्रश्न पनि गर्नुभयो ।
नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा उहाँको असन्तुष्टि थियो ।