माघ ४, २०७९ बुधबार

काठमाण्डौ – नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दिनुभएको छ । 

आज बुधवार नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेर सांसद न्यौपानेले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ । 

न्यौपानलेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।