माघ ४, २०७९ बुधबार

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायती राजदूत निकोला कथ्राइन पोलिटले भेट गरेकी छन्। 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत  पोलिटले प्रचण्डसँग  शिष्टाचार भेट गरेको उनको सचिवालयले जनाएको छ। 

भेटका क्रममा उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।