काठमाडौं । बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नस भएका राप्रपाका भुवन पाठक विजयी हुनु भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा पाठक विजयी हुनुभएको हो । पाठकले ६२ मत पाउनु भएको थियो भने विपक्षमा ४९ मत परेको थियो । सभामुखका लागि पाठक सहित ३ जनाको उममेदवारी परेको थियो । जसमा अन्य २ जनामा नेपाली कांग्रेसका तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सयजुको उम्मेदवारी परेको परेको थियो ।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।