काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएकोमा जमकट्टेललाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा ९माओवादी केन्द्र०का नेता हुन् । नेकपा ९एमाले०लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।