काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड बुधबार गोरखामा आयोजित सो कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।
गोरखा महोत्सवमा ठुलो संख्यामा मानिसहर सहभागी भएका छन् । गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।आज नै प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गरेका थिए ।