पुस २६, २०७९ मंगलबार

काठमाडौ:  चिकित्सा शिक्षा आयोगले अनुमति बिना विद्यर्थी भर्ना नगर्न निर्देशन दिएको छ।  अनुमति नै नपाएका शिक्षण संस्थाले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना गरिरहेको   आयोगले  जनाएको छ।

 चिकित्सा शिक्षा तर्फ प्रविणता प्रमाणपत्र तह वा सो सरहका कार्यक्रमको आयोगबाट संस्थागत कार्यक्रमगत रूपमा सिट निर्धारण नभई विद्यार्थी भर्ना प्रकृया अगाडि बढाएको पाइएको छ।

आयोगले  रित नपुर्याई संस्था तथा कार्यक्रममा विद्यार्थी भर्ना प्रकृया अगाडि बढाएमा वा भर्ना गरेमा त्यस्ता विद्यार्थीलाई मान्यता नदिने र सम्बन्धित व्यवसायिक परिषदमा दर्ता समेत नहुने जनाएको छ।

 त्यसबाट पर्न जाने असरमा सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने चेतावनी आयोगले दिएको छ।