पुस २५, २०७९ सोमबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग विश्वासको मत माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) धुम्बराही पुगेका छन्।  

सोमबार राति प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति देउवासँग विश्वासको मत माग्न धुम्बराही पुगेको शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिएका छन्।  

सत्ता गठबन्धन फुटेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सात दलीय सरकार गठन भएपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको छ।