पुस २५, २०७९ सोमबार

काठमाडौं: नेपाल चिकित्सक संघले रुपा फाउन्डेसन र सज्जन(श्याम ट्रष्टसँगको सहकार्यमा दुई जना चिकित्सकलाई अवार्ड प्रदान गर्न लागेको अवार्डको आवेदन दिने म्याद थप भएको छ। संघले उक्त अवार्डका लागि माघ २ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

संघले दुई जना चिकित्सकलाई एकरएक लाख रुपैयाँ राशिसहितको अवार्ड प्रदान गर्दैछ। संघले रुपा फाउन्डेसन र सज्जन(श्याम ट्रष्टसँगको सहकार्यमा दुई जना चिकित्सकलाई अवार्ड प्रदान गर्न लागेको हो। 

संघले दुवै संस्थासँग सम्झौता गरिसकेको छ। संघले एक जना पुरुष र एक जना महिलालाई एकरएक लाख रुपैयाँ नगदसहित अवार्ड प्रदान गर्न लागेको हो। रुपा चिकित्सा सेवा अवार्ड प्रत्येक वर्ष नेपाल चिकित्सक संघको स्थापना भएको दिन फागुन २० गते प्रदान गरिनेछ। सज्जन-श्याम ट्रष्टको सहयोगमा प्रदान गरिने वेष्ट डाक्टर अवार्ड भने संघको अखल नेपाल चिकित्सक सम्मेलनका दिन प्रदान गरिने छ।

चिकित्सा क्षेत्रकोफ उत्थानका लागि अतुलनिय योगदान पुर्‍याउँदै आएका चिकित्सकलाई अवार्ड प्रदान गरिने छ। अवार्डका लागि संघले कार्यविधि बनाएको छ भने सोही अनुसार अवार्ड पाउने चिकित्सकको छनोटका लागि छनोट समिति समेत बनाइसकेको छ।

यस्त छन् अवार्डका लागि न्यूनतम मापदण्ड
स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सार्वजनिक व्यक्ति वा पदाधिकारी नेपाली नागरिक र नेपाल चिकित्सक संघको आजीवन सदस्य हुनुपर्ने, 

नयाँ सेवा स्थापनाको लागि रचानात्मक भूमिका निर्वाह गरेको,

आफू कार्यरत संस्थाको वृद्धि विकासका लागि उल्लेख्य योगदान पु¥याएको,

सहज र सुलभ स्वास्थ्य सेवा प्रवाह गरेको,

खोज तथा अनुसन्धान कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको,

आफूले अध्ययन गरेको बिषयमा नविनतम ज्ञानको प्रादुभाव गरी चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको,

व्यावसायिक रुपमा दक्षता हाँसिल गरी समाजमा इज्जत, प्रतिष्ठा कमाएको,

कार्यरत संस्थाको सफल नेतृत्वदायी भूमिका निर्वाह गरी समुदायले मन पराएको,

स्वास्थ्य सेवामा कम्तिमा पनि १० बर्ष सेवा अवधि पुरा गरेको ,

गरिब, निमुखा र पिछडिएका नागरिकहरुलाई विषेश प्राथमिकता राखी स्वास्थ्य सेवा प्रवाह गरेको ,

आपतकालिन अवस्थामा समेत नागरिकहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको ,

समुदायमा गई आधारभूत स्वास्थ्य सेवाका क्षेत्रमा जनचेतना जागृत गरेको ,

निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरी ग्रामिण भेगका जनतालाई स्वास्थ्य सेवा प्रवाह गरेको ,

विशेष गरी महिला, बालबालिक तथा बृद्धबृद्धाको स्वास्थ्य अवस्था सुदृढीकरणका लागि अहम भूमिका निर्वाह गरेको ,
सामाजिक मूल्य मान्यता र रुढीवादी परम्परालाई चिर्ने गरी स्वास्थ्यका क्षेत्रमा जनचेतना जागृत गरेको

कसरी आवेदन दिने?

इच्छुक चिकित्सकले   माघ २ गते कार्यालय समयभित्र संघको केन्द्रीय कार्यालयमा आफू कार्यरत संस्थाको तर्फबाट सिफारिस पत्रसहित आवेदन पेश गर्न सक्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए।  उनले यसभन्दा अगाडि संघमा आवेदन पेश गरेका चिकित्सकहरुलेसमेत आफू कार्यरत संस्थाको तर्फबाट सिफारिस पत्र बनाई पेश गर्न आग्रह गरे।

No photo description available.