पुस १८, २०७९ सोमबार

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । सोमबार अस्पतालले पत्रकार सम्मेलन गर्दै दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेर सेवा शुभारम्भ गरिएको जनाएको हो ।  

मिर्गौला फेल भएर उपचार गराइरहेका ६६ वर्षीय र ५४ वर्षीय दुई पुरुषको मिर्गौला प्रत्योपण गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।  

मिश्रले भने, ‘६६ वर्षीय पुरुषलाई उनकी ५५ वर्षीया पत्नीले र ५४ वर्षीय अर्का पुरुषलाई उनकी ३० वर्षीया छोरीले मिर्गौला दान गर्नुभएको थियो । ’

डा। राकेश बर्मा र डा। आरके अग्रवालको नेतृत्वमा प्रत्यारोपण गरिएको उनले बताए । अस्पतालले आगामी दिनमा उक्त सेवालाई विस्तार गर्दै अगाडि बढ्ने जनाएको छ ।