काठमाडौं, पुस १५ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुराकानी गरेर एमाले अध्यक्ष केपी शर्मा ओली निस्किएका छन्। दुई नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको हो ।
बालुवाटारनिकट स्रोतका अनुसार सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ ।