पुस १५, २०७९ शुक्रबार

प्रदेश नं.१ कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज मतदान हुँदैछ । बिहान ९ देखि १० बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

दलको नेताका लागि प्रदेश सांसद आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टीका प्रदेश १ सभापति उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिएका छन् । 

कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेता निर्वाचित हुनका लागि कूल मतदाताको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।