पुस १२, २०७९ मंगलबार

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्। 

आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा बहिनी ज्वाइ तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा  जान लागेका हुन्। 

श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड–७ गरामनीमा पुग्ने एमाले जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए।

समीक्षाले उनलाई मिर्गौला दान गरेकी थिइन्। उनी नातामा ओलीकी भान्जी हुन्।