पुस ११, २०७९ सोमबार

काठमाडौं, पुस ११ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताउनु भएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हाले लगत्तै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताउनु भयो ।

सञ्चारकर्मीका रुपमा कार्यरत रहँदा लामिछानेले पन्तको हत्याको बिषयमा निकै लामो समय फलोअप गर्नुभएको थियो भने हत्यामा संलग्नहरुको नाम समेत सार्वजनिक गर्नुभएको थियो । गृहमन्त्रीको रुपमा सपथपछि उहाँले पन्तकै हत्यामा चासो राख्नुभएको हो ।

देउवाबाट निकै अपमानित भएको गगनको खुलासा

अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले पोखरामा गर्मागरम राजनीतिक संवाद गरेका छन । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गर्नुभएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै सोध्नुभयो, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर रु’ महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अली लामै दिनुभयो । केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास ९लुडो खेलको० मा भर्यांग चढेर अलि माथि पुगेको विश्व प्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्याङ चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ थापाले भन्नुभयो, ‘नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ ।’