पुस ११, २०७९ सोमबार

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

प्रधानमन्त्री नियुक‍्त भएपछि प्रचण्डले आजै बेलुकी ६ लाई मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको शपथ खाएका छन्। अहिले मन्त्रीको पदभार ग्रहण जारी छ।

पदभार ग्रहणपछि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।