पुस ११, २०७९ सोमबार

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले केही सर्तसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताउनुभएको छ ।

सत्ता गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले भ्रष्टाचारको विषयमा निर्मम बन्ने र अहिलेसम्मका भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउने सर्तमा आफूहरूले प्रचण्डलाई सघाउको बताउनुभयो ।

यस्तै विदेशमा रहेका नेपालीलाई मताधिकार, उनीहरूलाई स्वदेशमै रोजगारी र विदेशमा समस्या पर्दा उद्धार टोलीको व्यवस्थालगायतका काम गर्न पनि आफूहरूको सर्त रहेको र त्यसमा एमाले–माओवादी सहमत भएका लामिछानेको भनाइ छ ।

यसैबीच उहाँले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताउनुभएको छ ।