काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०ले नयाँ गठबन्धनप्रति टिप्प्णी गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूको नयाँ गठबन्धनप्रति टिप्पणी गर्दै बालेनले ‘हामी प्रजा सधैं सास्तीमा’ भनेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गरेका बालेनले भनेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’
माओवादी केन्द्रले आइतवार कांग्रेससहितको गठबन्धन छाडेर नयाँ गठबन्धन बनाएको छ । उक्त गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेको छन् । उनले सोमवार अपराह्न ४ बजे शपथग्रहण गर्ने कार्यक्रम छ ।