पुस १०, २०७९ आइतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने समर्थनको दाबी लिएर नेताहरू राष्ट्रपति निवास शीतल निवासतर्फ लागेका छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू शीतल निवासतर्फ लागेका हुन् ।

प्रचण्डको समर्थनमा १६६ सांसद रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । वर्तमान सत्ता गठबन्धन भत्काएर प्रचण्ड अर्को गठबन्धन सरकारको नेतृत्वमा पुग्न लागेका हुन् ।