पुस १०, २०७९ आइतबार

 एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत पनि बालकोट पुगेका थिए ।

उक्त बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । उक्त सहमतिसँगै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सन्देश राष्ट्रपतिको कार्यालयमा पठाइसकिएको एक नेताले जानकारी दिए ।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी नछाडेपछि माओवादी केन्द्रले एमालेसँग सत्ता सहकार्य गरेको हो ।

आजै राष्ट्रपतिको कार्यालयमा पुगेर दाबी गर्ने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको जानकारी दिए ।