पुस ७, २०७९ बिहिबार

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किरातीले जानकारी दिए ।              माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा थिए । तर, उनको कार्यकाल सकिएपनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।