पुस ४, २०७९ सोमबार

काठमाण्डौ – पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार चार सय ११ जनाको नमुना परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई जना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ जना पुगेको छ ।