शरीरको अक्सिजन सप्लाई बन्द भएको केही मिनेटभित्रै अंगको सबै व्यवस्था ठप्प हुन्छ । यसलाई पोइन्ट अफ नो रिटर्न भनिन्छ अर्थात्, जहाँबाट फिर्ता हुन असम्भव छ । यो त्यो स्थिति हो जब शरीरको तापक्रम हरेक घण्टा डेढदेखि दुई डिग्रीसम्म खस्किँदै जान्छ । कोशिका मरेका कारण शरीरबाट गन्ध आउन थाल्छ । यतिबेला लाग्छ, मानौँ शरीरको सबै कुरा रोकिइसकेको छ । केही अंगले काम पनि गरिरहेका हुन्छन्, तर धेरै बेरसम्म होइन । यस्तै वैज्ञानिकले मस्तिष्कमा एउटा यस्तो जिनबारे पत्ता लगाएको छ जुन मृत्युपछि मात्रै सक्रिय हुन्छ, यहाँसम्म कि तीब्र रुपमा बढ्न पनि थाल्छ ।
युनिभर्सिटी अफ इलिनोयसका अनुसन्धाताले नसा सम्बन्धि समस्यासँग जुधिरहेका एक बिरामीको शल्यक्रियाको क्रममा उनको दिमागको तन्तुलाई छुट्टै निकालेर अनुसन्धान गरे । यसमा उनीहरुले के पाए भने तन्तुका अन्य कोशिका त मरे तर एउटा कोशिका जीवित रह्यो र निकै तीब्र रुपले बढ्नसमेत थाल्यो । यो कुरा बुझ्नका लागि वैज्ञानिकले पुनः स्टिम्युलेटेड ब्रेन एक्सपेरिमेन्ट गरे जसमा मस्तिष्कका तन्तुलाई कोठामा तापक्रममा राखेर २४ घण्टासम्म अनुसन्धान गरे ।
अनुमान गरे अनुसार मस्तिष्कको निर्णय लिने र स्मरण गर्न मद्दत गर्ने कोशिकाले तीब्र रुपमा आफ्नो गुण गुमायो । यस्तै, जम्बी जिन्स भने त्यहि २४ घण्टाभित्र सक्रिय मात्रै भएन, यो तीब्र रुपमा बढेर थुप्रै गुणा भयो । यो जिन्स ग्लिअन सेल्सको श्रेणीमा पाइयो जुन धेरैजसो टाउकोमा चोट लागेपछि सक्रिय हुन्छ । यसको काम दिमागलाई कुनै चोटबाट बचाउनु हो । जम्बी सेल्सको काम पनि यही हो कि भनेर अनुमान गरिएको छ । यसको अनुमानको भरमा दिमागलाई काम गराइरहन मद्दत गर्छ ।
यो त भयो दिमागको तन्तुको कुरा तर मृत्यु पछि पनि शरीरका अन्य अंगले काम गरिरहेका हुन्छन् भन्ने तपाईंलाई थाहा छ ? ती अंगमध्ये केही कलेजो, मृगौला र मुटु हुन् । अंग दानका बेला ध्यान राख्नुपर्ने कुरा के छ भने दान दिएको आधा घण्टादेखि ६ घण्टाभित्र अंग दान गरेर प्रत्यारोपित हुनुपर्छ । मृत्युपछि पनि शरीरका केही क्रियाकलाप पनि चलिरहन्छन् जस्तै कपाल र नङ बढ्नु । यसका साथै पेटमा पाइने गुड ब्याक्टेरिया खाना पचाउने काममा लागिरहेको हुन्छ ।
मृत्युको प्रक्रिया सुरु हुने बेला अर्थात् जब मुटुले रगत पम्प गर्न बन्द गर्छ, त्यसको केही दिनअघि नै पाचनको प्रक्रिया स्लो हुन्छ । डायजेस्टिभ ट्र्याकले आफ्नो नमी गुमाउँछ । यसै कारणले उमेर पुगेका बिरामीमा यस्तो धेरै पटक देखिन्छ कि मृत्यु हुनु थुप्रै दिनअघि नै उनीहरुले खान–पिउन लगभग छोडिसकेका हुन्छन् । डाक्टरले मृत्युको यो भिन्नभिन्न चरणलाई भिन्नभिन्न नामले बोलाउँछन् जस्तै सोसल, साइकोलोजिकल र फिजियोलोजिकल डेथ ।