मंसिर १९, २०७९ सोमबार

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छिन् ।

उनले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन् ।