मंसिर १८, २०७९ आइतबार

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ५४ जनाको पीसीआर र ९ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १९ जना संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।