मंसिर १८, २०७९ आइतबार

काठमाडौं । बारामा यस वर्ष तेलहन खेतीको क्षेत्रफलमा वृद्धि भएको छ । यस वर्ष किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो ।


यस्तै केन्द्रका अनुसार तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको थियो ।