मंसिर १२, २०७९ सोमबार

सन्धिखर्क नगरपालिकामा किसानलाई च्याउको बीउ र प्रांगारिक मल वितरण गरिएको छ ।  

सन्धिखर्क नगरपालिकाको कृषि शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ र प्रांगारिक मल वितरण गरिएको शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए। किसानको माग संकलन गरी सोहीअनुसार मल तथा बीउ वितरण शुरु गरिएको शाखा प्रमुख भट्टराइको भनाइ छ।
 
वितरण कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्यले  व्यवसायिक उत्पादनमा लागि आयआर्जनमा लाग्न किसानलाई आग्रह गरे। उत्पादनविना आर्थिक समृद्धि नहुने बताउँदै उनले व्यवसायिक रुपमा कृषि पेशामा लाग्ने किसानलाई नगरपालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताइन् ।