कात्तिक ३०, २०७९ बुधबार

काठमाडौं: औषधि व्यवस्था विभागले भारतीय कम्पनीको एक स्यानिटाइजरलाई नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ। 

ग्लोबल हेल्थकेयर नामको कम्पनीले उत्पादन गरेको जीएचसी ह्याण्डकेयर नामको ब्याच नम्बर CARE-11-22 को सेनिटाइजरलाई बिक्रीवितरणमा रोक लगाएको हो।

उक्त सेनिटाइजरको नमुना प्रयोगशालामा परीक्षण गर्दा विषाक्त पाइएको विभागले जानकारी दिएको छ।