कात्तिक ३०, २०७९ बुधबार

काठमाडौं । नेपालमा कुल छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्ष २०७८र०७९ मा नेपालभर व्यावसायिकरूपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो ।
सर्वेक्षण प्रतिवेदनअनुसार एक हजार दुई सय ३३ वटा गाईपालन फार्म र नौ सय १४ वटा भैंसीपालन फार्म रहेका छन् भने ४३ राँगापालन फार्म, दुई हजार दुई सय ९५ बाख्रारच्यांग्रापालन फार्म, पाँच सय ७२ भेडापालन फार्म रहेका छन् । त्यस्तै, मासु प्रयोजनका लागि एक सय १८ र पाठापाठीका लागि तीन सय ६४ सुँगुरपालन फार्म सञ्चालनमा रहेका छन् । नेपालमा गाईरभैंसीपालन९मिश्रित० फार्म चार सय ८३, बाख्रारच्यांग्रारभेडापालन ९मिश्रित० फार्म एक सय ९८ र गाईरभैंसीपालन तथा बाख्रारच्यांग्रारभेडापालन ९मिश्रित० फार्म दुई सय ६५ रहेका छन् ।

व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश १ मा सबैभन्दा धेरै एक हजार दुई सय ७० र मधेश प्रदेशमा सबैभन्दा कम चार सय चार फार्म रहेका छन् । नेपालमा ४४ हजार आठ सय ७३ गाईरगोरु व्यावसायिकरूपमा पालिएका छन्, जसमध्ये उन्नत जातका गाईरगोरु संख्या ३३ हजार सात सय ५७ अर्थात् ७५ प्रतिशत रहेको छ भने दूध दिने र नदिने गाई संख्या क्रमशः १५ हजार तीन सय ८० अर्थात् ६३ प्रतिशत र नौ हजार एक सय चार अर्थात् ३७ प्रतिशत रहेको छ । सबैभन्दा बढी अर्थात् नौ हजार तीन सय ६४ गाईरगोरु बागमती प्रदेशमा र सबैभन्दा कम अर्थात् दुई हजार दुई ७४ गाईरगोरु सुदूरपश्चिम प्रदेशमा रहेका छन् । सर्वेक्षणले नेपालमा ३४ हजार छ सय ५३ वटा राँगारभैंसी व्यावसायिकरूपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगारभैंसीको संख्या २४ हजार चार सय ४७ अर्थात् ७१ प्रतिशत रहेको छ । दूध दिने र नदिने भैंसी संख्या क्रमशः १० हजार आठ सय ४१ अर्थात् ६१ प्रतिशत र छ हजार नौ सय ३१ अर्थात् ३९ प्रतिशत रहेको छ । सबैभन्दा बढी अर्थात् ११ हजार चार सय ६९ भैंसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात् एक हजार छ सय ३० भैंसी सुदूरपश्चिम प्रदेशमा रहेका छन् ।

नेपालमा जम्मा एक लाख ५० हजार पाँच सय ६८ बाख्रा, ८८ हजार चार सय २१ भेडा र ३८ हजार तीन सय ६० सुँगुर व्यावसायिकरूपमा पालिएका छन् भने १५ हजार तीन सय ८० दूध दिने गाईबाट चार करोड ५८ लाख तीन हजार चार सय ५७ लिटर दूध उत्पादन भएको छ । व्यावसायिक फार्मबाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दूध उत्पादन भएको छ । सर्वेक्षणका लागि मुलुकभर जम्मा सात सय ९८ पशुपालन व्यवसाय छनोट गरिएको थियो ।

सर्वेक्षणको मुख्य उद्देश्य मुलुकभरि व्यावसायिकरूपले सञ्चालनमा रहेका मध्यम तथा ठूला पशुपालन व्यवसायको आर्थिक, सामाजिक तथा वातावरणीय तथ्यांक संकलन गरी कृषि विकासका लागि राष्ट्रिय तथा प्रदेशस्तरका नीति निर्माण तथा योजना तर्जुमा, अनुगमन तथा मूल्यांकनका लागि उपयोगी हुने व्यावसायिक पशुपालनसम्बन्धी तथ्यांकको खाँचो पूर्ति गरी नीति निर्माता र योजनाविद्लगायत तथ्यांक प्रयोगकर्तालाई सघाउ पुर्‍याउने रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गाविन्द शर्माले बताउनुभएको छ । सर्वेक्षणले दर्ता गरी वा नगरी व्यावसायिकरूपले सञ्चालन गरिएका मध्यम तथा ठूला पशुपालन व्यवसायमात्र समेटेको पनि मन्त्रालयले जनाएको छ ।