कात्तिक २८, २०७९ सोमबार

काठमाडौं: दोस्रो अन्तराष्ट्र्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा आईतबार सम्पन्न भएको छ। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त आयोजनामा  २ दिनसम्म सम्मेलन संचालन भएको थियो।

उक्त सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानियाका प्रत्यारोपण विज्ञहरू सहभागी थिए।

सम्मेलनमा नेपाली विज्ञबाट १६ वटा र विदेशी विज्ञबाट १२ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो।