सिन्धुलीमा विगतका वर्षहरूको तुलनामा यस वर्ष अनुकूल मौसम भएका कारण महाभारत र कमलाखोंच क्षेत्रमा तोरी–सरस्यु खेती सप्रिएपछि किसान खुशी भएका छन् ।
तोरी र सरस्युबाट चिल्लो पदार्थ तेल निकाली मानिसहरुले खाद्य सामग्रीमा प्रयोग गर्ने गर्दछन् । यस वर्ष सिन्धुलीको कालाखोंच क्षेत्रका रानीबास, हत्पते, निपाने, सिर्थौली, हर्षाही, टांडी र दूधौली लगायतका क्षेत्रका किसानहरुले २० हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रुपमा तोरी र सरस्युको खेती गरेका छन् ।