काठमाडौं । क्यान्सरबाट पीडित बालबालिकाको सहयोगका लागि दीर्घजीवी स्वयंसेवी संस्था ह्वील अफ होपले आजदेखि एकल ‘साइकल यात्रा’ अभियान सुरु गरेको छ ।
संस्थाका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं दीर्घजीवीका चार्टर सेक्रेटरी समिर श्रेष्ठले आज काठमाडौंबाट साइकल यात्राको सुरुवात गरे । काठमाडौँबाट चितवन, निजगढ, लहान, इनरुवा झापा हुँदै इलाम पुग्ने कार्यतालिका रहेको छ ।
नेपालमा हरेक वर्ष करिब एक हजार ६ सय बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको छ । चेतना र उचित उपचारको अभावमा धेरैको मृत्युसमेत हुने गरेको छ ।