कात्तिक २०, २०७९ आइतबार

सिन्धुलीमा डेंगु संक्रमितको संख्या १ सय ३३ जना पुगेको तथ्यांक सार्वजनिक भएको छ । सिन्धुलीमा जाडोयाम सुरु भैसक्दा समेत लामखुट्टेको टोकाइ कायम रहँदा संक्रमण घट्न नसकेको हो ।

गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिनधुलीले जनाएको छ । सिन्धुलीमा डेंगु संक्रमणबाट हालसम्ममा १ जनाको मृत्यु भएको छ ।