कात्तिक १८, २०७९ शुक्रबार

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो चौबीस घण्टामा देशभर गरिएको १ हजार ८ सय ४५ नमुना परीक्षणका क्रममा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि थप कसैको मृत्यु भएको छैन भने थप २८ संक्रमित कोरोनामुक्त भएका छन् । 

हाल नेपालमा ५ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।