कात्तिक १८, २०७९ शुक्रबार

काठमाडौं: एपीएफ अस्पतालका डाक्टर २ महिनादेखि सम्पर्कमा नआएपछि सेवाबाट हटाइँने भएको छ। सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कार्यरत डाक्टर करिब २ महिनादेखि सम्पर्कबिहीन भएका हुन्।

प्राविधिक प्रहरी निरीक्षक पदमा कार्यारत डा मनिष राज सापकोटा गत भदौ २६ गतेदेखि बिना जानकारी गायब भएका छन्।

बिना सूचना लामो समयसम्म अनुपस्थित भएको र  सम्पर्कमा समेत नरहेका भन्दै गृह मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको छ। 

सेवाबाट नहटाउनु पर्ने कुनै कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको ७ दिनभित्र स्पष्टीकरण पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ। 

यही कार्तिक १६ गतेको सचिवस्तरीय निर्णयबाट डा सापकोटालाई सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।