काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा-पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी सो पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक गरेको हो।
उक्त दलले बलियो स्वास्थ्य सयन्त्र, हाम्रो मुख्य मन्त्र भन्ने नारा तय गरेको छ। घोषणापत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको नागरिक अधिकार प्रत्याभूतिमा राष्ट्रिय स्वतन्त्र पार्टी सधै
घोषणापत्रमा एकल भुक्तानी प्रणाली लागू गरी नागरिकको स्वास्थ्य खर्चको एक मात्र भुक्तानीकर्ता बनाइने, प्रत्येक प्रदेशमा अत्याधुनिक प्रयोगशाला र ७५० शय्याको विशिष्ट विज्ञसहितको अन्तर्राष्ट्रियस्तरको अस्पताल, जिल्लामा इन्टरनल मेडिसिन, प्रसूति तथा स्त्री रोग, एनेस्थेसिया, फिजिसियन, बालरोग, हाडजोनी, सामान्य शल्य चिकित्सा र मानसिक रोगको विज्ञ चिकित्सकसहित ५० देखि १०० शय्याको अस्पताल, प्रत्येक पालिकामा न्यूनतम एक चिकित्सकसहित ६ देखि २५ शय्याको आधारभूत अस्पताल र प्रत्येक वडामा औषधालयसहितको सामुदायिक क्लिनिक स्थापना तथा स्तरोन्नति गरिने उल्लेख छ।