कात्तिक १५, २०७९ मंगलबार

काठमाडौं: हुम्लामा एक महिलाको मृत्यु भएको छ। मंगलबार हुम्लाको अदानचुली गाउँपालिका ५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको  सुत्केरी हुन नसकेर मृत्यु भएको हो। गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा शाहीको अकालमै मृत्यु भएको हो।

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्।