कात्तिक १४, २०७९ सोमबार

काठमाडौ: नेपाल चिकित्सक संघले राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नेपाल चिकित्सक संघका आजीवन सदस्यहरुलाई यही १५ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउने भएको छ।   आवश्यक सक्कल कागजात लिएर तोकिएको समयमा संघको कार्यलयमा आउन आग्रह गरिएको छ। 

१ दिनमा जम्मा १०० जना व्यक्तिहरुको मात्र राष्ट्रिय परिचय पत्र बन्ने संघले जनाएको छ। सार्वजनिक बिदाको दिन बाहेक सोमबारदेखि विहीबारसम्म १० बजेदेखि दिउसो ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म तथा शनिबार विहान १० बजेदेखि दिउसो ३ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाइने छ।

राष्ट्रिय परिचयपत्र बनाउदा नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पति र पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र ९सक्कल० वा नाता खुल्ने प्रमाणपत्र, बसाई सराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र अनिवार्य, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणीत गर्ने बसाई सराईकोपत्र लगाएतका कागजात लिएर आउनुपर्ने संघले जनाएको छ।

313415422_5724236514281826_2065723040078471119_n1667204412.jpg