कात्तिक ९, २०७९ बुधबार

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ सय ५४ पिसिआर परिक्षणका क्रममा १४ जनामा कोरोना देखिएको हो ।

त्यस्तै, ५ सय ६३ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप ३५ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।