काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा नेपालमा डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । डेङ्गीको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताएका छन् ।
डेङ्गीको यो नयाँ सेरोटाइप त्यति खतरानाक नभएको चिकित्सकहरू बताउँछन् । कुनै व्यक्तिलाई एउटा सेरोटाइपको डेङ्गी पहिला नै पुष्टि भइसकेको छ भने अर्को सेरोटाइप पनि देखियो भनेमात्रै जोखिम हुन सक्ने बताइएको छ ।