कात्तिक ३, २०७९ बिहिबार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । यससँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको छ ।

मन्त्रालयका अनुसार डेंगु रोगबाट थप २ जनाको मृत्युसमेत भएको छ । हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।