असोज ३०, २०७९ आइतबार

पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार १६२ जनामा गरिएको नमुना परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै सोही समयमा ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।